काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माको गृहपालिका रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ।
मुसिकोटको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरे ।
त्यसैगरी, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत पाए।
मुसिकोटमा कांग्रेस-एमाले तथा माओवादी-एकीकृत समाजवादीको गठबन्धन थियो।
अर्थमन्त्री शर्माको वडामा समेत कांग्रेस विजयी भएको छ। मुसिकोट- ५ मा कांग्रेसका समिरजंग मल्लले वडाध्यक्ष निर्वाचित भएका छन्। उनले माओवादी केन्द्रका सुशील गौतमलाई पराजित गरे। गौतम निर्वतमान वडाध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।