काठमाडौं- गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा निमा लामा १ हजार ६ सय २४ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका धनबहादुर गुरुङल १ हजार ३ सय ११ मत ल्याए।
उपाध्यक्षमा निर्वाचित लक्ष्मी गुरुङले १ हजार ५ सय ६५ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मेतोक छोकी लामाले १ हजार ३ सय ७ मत ल्याइन्।
७ वडा रहेको चुमनुब्रीको पाँच वडाको वडाध्यक्षमा कांग्रेसका र २ वडाको वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन्।
२०७४ को निर्वाचनमा चुमनुब्री गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।