काठमाडौं- मोरङको रतुवामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नगर प्रमुखमा कांग्रेसका नागेश्वरप्रसादसिंह गंगाई १३ हजार १ सय ३५ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत ल्याए।
यस्तै, एमालेका दमयन्तादेवी चुडाल ९ हजार ३ सय ७४ मतसहित विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुमन कालीकोटेले ८ हजार ४ सय ७९ मत ल्याए।
रतुवामाईमा अघिल्लो निर्वाचनमा पनि प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।