काठमाडौं- रौतहटको ईशनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी भएका छन्।
नगरपालिकाको प्रमुखमा लोसपाका कौशल्या देवी ६ हजार २ सय ८२ मतसहित निर्वाचित भइन्।
उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सन्तोषकुमार मेहताले ५ हजार ३ सय ७ मत पाए।
यस्तै, उपप्रमुखमा पनि लोसपाकै मो परवेज विजयी भए। उनले ५ हजार ७ सय ४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हुसने आराले ५ हजार ९७ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।