काठमाडौं- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका दिनेश लामा ७ हजार ५३४ मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मिमबहादुर वाइवा निर्वाचित भए। उनले ६ हजार ६७२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्व एमालेकी बबिता बोहोराले ५ हजार ९४२ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।