इनरुवा-सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
बिहीबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका केदार भण्डारी र उपप्रमुखमा पार्टीकी उम्मेदवार विनिताकुमारी मेहता विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार सरोजकुमार पोखरेललाई दुई हजार ७७१ मतान्तरले पराजित गर्दै भण्डारी नगरप्रमुखमा निर्वाचित भए। भण्डारीले ११ हजार ६१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले नौ हजार ५३ मत प्राप्त गरे। त्यसैगरी उपप्रमुखमा नेकपा (एमाले) की सहजादी प्रवीणलाई एक हजार ९१८ मतान्तरले पराजित गर्दै मेहता विजयी भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।