काठमाडौं–स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको चन्द्रागिरि नगरपालिकामा उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको छ।
१५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकामा ३६ हजार ७०३ मत खसेको थियो। जसमा उपप्रमुखमा मात्र १० हजारभन्दा बढी मत बदर भएको हो।
उपप्रमुखमा गठबन्धनका तर्फबाट जनमोर्चाका रोशन दानी उम्मेदवार थिए। मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी विजयी भए पनि उपमेयरको टिकट पाएका दानी ४ हजार ४ सय ५९ मतमा मात्र सीमित भए। एमाले उम्मेदवार वसन्ती श्रेष्ठ १५ हजार ५६४ मतसहित विजयी भइन्।
मेयरमा निर्वाचित गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका उत्तमबहादुर राउतले १४ हजार ६५१ मत प्राप्त गरे। राससकाे सहयाेगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।