काठमाडौं–काभ्रेको धुलिखेलमा मतगणना पुनः रोकिएको छ। एउटै पदमा दुई वटा छाप लागेको मत बदर हुने कि नहुने भन्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मतगणना बुधबारबाट सुरु भएको थियो।
बिहीबार वडा नम्बर ११ को मत गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद सुरु भएको हो। उक्त मत कसरी आयो भनी प्रश्न उठेपछि मत गणना पुनः स्थगित भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सर्वददलीय बैठक बसेर उक्त विवाद मिलाउने प्रयास भईरहेको छ। धुलिखेलमा एमालेका उम्मेदवार अशोक ब्यञ्जु र स्वतन्त्र उम्मेद्वार विदुर बस्नेतका बीच प्रतिस्पर्धा भईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।