काठमाडौं–राष्ट्रिय प्रतातन्त्र पार्टीले थप एक स्थानीय तहमा जित हासिल गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिकामा प्रमुख जित्दै राप्रपाले विजयी भएको स्थानीय तहको संख्या ३ पुर्याएको छ।
लुम्विनी प्रदेशको कपिलवस्तुस्थित शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापाले जित हात पारेका हुन्। थापाले ७ हजार ६०२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महादेव पोख्रेलले ७ हजार १२८ मत पाए । उपमेयरमा भने नेकपा एमालेकी शिवकुमारी चौधरीले जित हात पारिन्। उनले ७ हजार ९५५ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।