काठमाडौं- काठमाडौं महानगरको पछिल्लो मतगणना परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले साढे ११ हजारको अग्रता कायम गरेका छन्। साहले २४ हजार ६ सय ३३ मत पाएका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले झन्डै आधा १३ हजार ३७ मत पाएका छन्। त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार २ सय ७२ मत पाइन्।
बालेन स्थापितभन्दा ११,५९६ मतले अगाडि छन्। हालसम्म ६४ हजार ५ सय ७९ मत गणना भएको छ। उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो अन्तरले अग्रतामा रहेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।