काठमाडौं–धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ८ हजार मतअन्तरले अगाडि छन्। नेपाली कांग्रेसका उम्मेदवार नृपवहादुर वडले ८ हजार १२३ मत ल्याउँदा हमालले १६ हजार ४१५ ल्याएका छन्।
यस्तै, एमालेका रणबहादुर चन्दले ३ हजार ७ सय ७४ ल्याएका छन्।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी ७ हजार ४५७ मतसहित अग्रस्थानमा छिन् भने एमालेकी कन्दकला रानाले ६ हजार १ सय १७ मत ल्याएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।