• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

नयाँ पार्टीहरुको पनि उपस्थिति : जरा टेक्लान् कि मर्लान्?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ५, २०७९  १८:२१
1140x725

काठमाडौं- डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीले गत पुसमा नागरिक उन्मुक्ति नामको नयाँ पार्टी गठन गरे। पार्टीको वैधानिक नेतृत्व भने उनकै श्रीमती श्रेष्ठ रञ्जिताको छ। गठन भएको चार महिनामै निर्वाचनमा होमिएको सो पार्टीले कैलालीमा तीन पालिकाको नेतृत्व जितिसकेको छ। एक पालिकामा अग्रता लिएको छ।

नागरिक उन्मुक्तिले कैलालीको जोशीपुर गाउँपालका, टीकापुर नगरपालिका र भजनी नगरपालिकाको नेतृत्व जितेको हो। उसले अग्रता लिइरहेको जानकी गाउँपालिकाको मतान्तर हेर्दा सो पालिकाको पनि नेतृत्व जित्ने सम्भावना उच्च छ। विभिन्न पालिकाका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पनि जितेको छ।

नागरिक उन्मुक्ति पार्टीले ठूला पार्टीहरुकै उम्मेदवारहरुलाई हराएको देखिन्छ। जोशीपुर र टीकापुरमा उसले कांग्रेस उम्मेदवारलाई पराजित गरेको हो भने भजनीमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेको हो। 

नागरिक उन्मुक्ति पार्टीका संगठन प्रमुख लक्ष्मण चौधरीले आफूहरुको मेहनत अनुसारको नतिजा आएकाले सन्तुष्ट भएको बताए। 'कैलाली जिल्लामा मात्रै होइन। अन्य जिल्लामा संगठन विस्तार गर्छौँ। समीक्षा गरेर रणनीतिक हिसाबले अगाडि बढ्छौँ', उनले भने।

त्यस्तै, जनमत पार्टीले पनि पूर्ण निर्वाचनमा भाग लिएको यो पहिलो पटक हो। उसले २०७६ सालमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा पनि भाग लिएको थियो। तर, कुनै सफलता हासिल गर्न सकेको थिएन। यसपटक भने उसले मधेस क्षेत्रका केही पालिकाको नेतृत्वमा जित निकालेको छ। कैयौँ पालिकामा सम्मानजनक प्रतिस्पर्धीको रुपमा दर्ज भएको छ।

जनमत पार्टीले सप्तरीको वलान-विहुल गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको नेतृत्व जितेको छ। वलान-विहुलमा उपाध्यक्ष पनि जितेको छ। केही वडा अध्यक्ष र सदस्यहरु पनि जितेको छ।

२०७४ सालमा वलाल-विहुलमा तत्कालीन संघीय समाजवादी (अहिले जनता समाजवादी पार्टी) र हनुमाननगर कंकालिनीमा तत्कालीन राष्ट्रिय जनता पार्टी (अहिले लोकतान्त्रिक समाजवादी पार्टी)ले जितेका थिए। जनमत पार्टीले मधेसमा बलियो प्रभाव रहेका यिनै दुई पालिकाबाट नेतृत्व खोसेको देखिन्छ। त्यसो त, जनमत पार्टीले आफ्नो विरोधको केन्द्र पनि यिनै पार्टीहरुलाई बनाउँदै आएको थियो।

केही वर्ष मधेसलाई बेग्लै देश बनाउने अभियानमा संलग्न भएका सीके राउतले २०७५ फागुनमा सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतितर्फ प्रस्थान गरेका थिए। सोही वर्ष उनले जनमत पार्टी गठन गरेका थिए। गठन भएको तीन वर्ष केही महिनामै उक्त पार्टीले केही पालिकाको नेतृत्व गर्ने अवसर पाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मधेस केन्द्रित राजनीति गर्न गठन गरिएको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी कालान्तरमा राजपा, जसपा र लोसपा बन्यो। गत फागुनमा त्यही लोसपाबाट अलग भएर वृशेषचन्द्र लालले पुनः तमलोपा गठन गरेका थिए। सो पार्टीले यसपटक महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष जितेको छ। सो गाउँपालिकाको दुई वटा वडाको अध्यक्ष पनि जितेको छ।

वैकल्पिक राजनीति गर्ने अभिप्राय राखेको विवेकशील साझा पार्टीले यसपटक प्रभावकारी उपस्थिति देखाउन सकेनन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र हैसियतमा सहभागी रवीन्द्र मिश्र र मिलन पाण्डेहरुको पार्टीले काठमाडौंमा केही प्रभाव देखाएको भए पनि जित निकाल्न सकेका थिएनन्। लगत्तै भएका अन्य तहका निर्वाचनमा पनि सीमित उपलब्धि मात्रै हासिल गर्न सक्यो। यसबीचमा मिश्र र पाण्डेहरुले प्रतिनिधित्व गर्ने पार्टीले एकता र विभाजन बेहोरिसकेको छ।

यसपटक विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकाको अध्यक्ष जितेको छ। त्यहाँ उपाध्यक्ष र वडामा पनि आफ्नो प्रतिनिधित्व गराएको छ।

काठमाडौंकोको प्रारम्भिक अपडेटमा आफ्नो पार्टीको उम्मेदवार निकै पछि परेपछि विवेकशील साझाले निर्वाचन परिणाम अपेक्षाकृत आउन नसकेको भन्दै दुःख व्यक्त गरेको छ। 'गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ',  जेठ २ गते पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी पनि गत पुसमै गठन भएको हो। सो पार्टीले पर्साको पोखरिया नगरपालिका- ९ को अध्यक्ष जितेको छ । सो क्षेत्रको अन्य पालिका र वडामा पनि सामान्य प्रतिस्पर्धी भएको देखिन्छ।

गत वर्ष भदौमा एमाले विभाजन गरी माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादीले पनि आफ्नो उपस्थिति देखाएको छ। पूर्वपार्टी एमालेकै तुलनामा यो पार्टी निकै कमजोर देखिएको छ। तर, आगामी राजनीतिक यात्राका लागि खुट्टा टेकेको छ ।

एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र छार्का साङतोङ गाउँपालिकाको अध्यक्ष निर्विरोध जितेको थियो। पछि उदयपुरको उदयपुरगढी गाँउपालिका, सल्यानको कपुरकोट गाउँपालिका, रौतहटको गौर नगरपालिका, रौतहटकै राजदेवी नगरपालिका, मुगुको सोरु गाउँपालिका, सप्तरीको शम्भुनाथ गाउँपालिका, बझाङको केदारस्युँ गाउँपालिका, कैलालीको घोडाघोडी नगरपालिका, दोलखाको तामाकोशी गाउँपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, धादिङको धुनीबेसी, सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा यो पार्टीले जित निकालेको छ। उपाध्यक्ष/उपप्रमुखमा तथा वडाहरुमा पनि उपस्थिति देखाएको छ। कैयौँ ठाउँमा अग्रता लिएको छ।

एकीकृत समाजवादीले सत्ता गठबन्धन आबद्ध दलहरुसँग तालमेल गरेको थियो। कतिपय पालिकामा भने एक्लै निर्वाचनमा होमिएको थियो। कहीँ जित निकालेको छ, कहीँ कमजोर उपस्थिति देखिएको छ। समग्रमा, उसले आफैं उत्साहित हुने गरी नतिजा ल्याउन सकेन। यसप्रति पार्टीका नेताहरुले सार्वजनिक रुपमै बोलिसकेका छन्। 

निर्वाचनमा केही सिमित सफलता प्राप्त गर्ने गरेको भए पनि साना पार्टीहरुले आफ्नो उपलब्धिमा टेकेर थप विस्तार हुने गरेको खासै पाइँदैन। बरु विभाजन निम्तिने र पार्टीले मर्ने वा अन्य पार्टीसँग एकता गर्ने गरेको विगत छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्