काठमाडौं- ९ स्थानीय तह रहेको भोजपुरमा यस पटक एमाले र नेपाली कांग्रेसले बराबर पालिकामा जित हात पारेका छन्।
एमालेले ३ वटा पालिकामा जित हात पार्दा कांग्रेसले पनि तीनवटा पालिकामा जितेको छ। त्यस्तै माओवादी केन्द्रले २ वटा पालिकामा प्रमुख जितेको छ। कांग्रेसले अरुण गाउँपालिका, टेम्के मैयुङ गाउँपालिका र भोजपुर नगरपालिका प्रमुख जितेको हो।
त्यस्तै एमालेले पौवादुङ्ग गाउँपालिका, षडानन्द गाउँपालिका र हतुवागढी गाउँपालिकामा प्रमुख जित्यो।
माओवादी केन्द्रले आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा प्रमुख जित्यो।
एक पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन्। साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवारले पानीको धारा चुनाव चिह्नबाट जितेका हुन्।
उनले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन्। उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार महेश राई ३६ मतको अन्तरले पराजित भए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले तीन, एमाले ४, माओवादी केन्द्र २ स्थानमा जित हात पारेको थियो।
स्थानीय तहको नतिजा:
१.अरुण गाउँपालिका (निरन्तर)
प्रमुख शालिकराम खत्री /नेपाली काग्रेस
उपप्रमुख विनिता ढकाल/नेपाली काग्रेस
२.आमचोक गाउँपालिका (निरन्तर)
प्रमुख अशोक राई /माओवादी केन्द्र
उपप्रमुख सीता राई/माओवादी केन्द्र
३.टेम्के मैयुङ गाउँपालिका (एमालेबाट खोसेको)
प्रमुख सरोज बस्नेत /काग्रेस
उपप्रमुख रामादेवि राई /एमाले
४.पौवादुङ्ग गाउँपालिका (निरन्तर)
प्रमुख किरण राई /एमाले
उपप्रमुख ज्योत्सना राई/एमाले
५.भोजपुर गाउँपालिका
प्रमुख कैलासकुमार आले/नेपाली काग्रेस
उपप्रमुख निर्मला शर्मा /एमाले
६.रामप्रसाद राई गाउँपालिका (एमालेबाट खोसेको )
प्रमुख थामबहादुर राई /माअोवादी
उपप्रमुख विरेन्द्र राई/नेपाली काग्रेस
७.षडानन्द गाउँपालिका (निरन्तर)
प्रमुख सुरेन्द्रकुमार उदास/एमाले
उपप्रमुख प्रमिला राई/माओवादी केन्द्र
८. साल्पासिलिछो गाउँपालिका (काग्रेसबाट स्वतन्त्र)
प्रमुख दौलथकुमार राई/स्वतन्त्र
उपप्रमुख अस्मिता कुलुङ राई/नेपाली काग्रेस
९.हतुवागढी गाउँपालिका (निरन्तर)
प्रमुख प्रेमकुमार राई /एमाले
उपप्रमुख सुनिता राई/नेपाली काग्रेस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।