• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गोरखामा माओवादीको दबदबा : भुईंको टिप्न खोज्दा कांग्रेसले पोल्टाको पनि गुमायो

64x64
नेपाल लाइभ बिहीबार, जेठ ५, २०७९  १६:२०
1140x725

काठमाडौं– अरु स्थानीय तहमा गठबन्धन गरेर उम्मेदवारी दिएको माओवादी गोरखामा भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। जहाँ माओवादीले सफलता हात पारेको छ।  २०६४ सालकै हाराहारीमा माओवादीले नतिजा निकालेको छ। 

गोरखाका ११ पालिकाहरु मध्ये यो समाचार तयार पार्दासम्म १० पालिकाहरुको नतिजा आइसकेको छ। जसमध्ये ८ पालिकाहरुमा माओवादी केन्द्र विजयी भएको छ। २ पालिकामा कांग्रेस विजयी भएको छ भने १ पालिकाको मत गणना भइरहेको छ। 

अघिल्लो (२०७४) स्थानीय तहको चुनावमा २ पालिकामा खुम्चिएको माओवादीको आयतन यो पटक भने तन्किएर ९ पालिकामा पुगिसकेको छ। अघिल्लो चुनावमा कांग्रेसले जितेका ७ पालिकाहरु खोस्दै माओवादीले कांग्रेसलाई २ पालिकामा सीमित गरेको छ।  

अघिल्लो स्थानीय तहको चुनावमा कांग्रेसले जितेको धार्चे गाउँपालिकाको प्रमुखमा त यो पटक माओवादीले झण्डै दोब्बर मतान्तरले चुनाव जितेको छ। ३ हजार ७७१ मत ल्याएर माओवादीका लक्ष्मण गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सन्तबहादुर गुरुङले १ हजार ९४६ मत ल्याए। उपप्रमुख पनि माओवादीले नै जितेको छ।

अजिरकोट गाउँपालिका पनि माओवादीले कांग्रेसबाटै खोसेको हो। यो गाउँपालिकाको प्रमुख/उपप्रमुख पनि माओवादीले आफ्नो पोल्टामा पारेको छ। प्रमुखमा दीपक देवकोटा ३ हजार ७८७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर गुरुङले ३ हजार २८९ मत ल्याए।

बारपाक सुलिकोट गाउँपालिका भने अघिल्लो स्थानीय तहको चुनावमा पनि माओवादीले नै जितेको थियो। यो पटक पनि माओवादी केन्द्र नै विजयी भएको छ। कांग्रेसलाई पछि पार्दै ५ हजार ५१९ मतका साथ माओवादीका विष्णुप्रसाद भट्ट गाउँपालिका प्रमुखमा विजयी भए। 

भीमसेनथापा गाउँपालिकामा पनि माओवादी नै विजयी भएको छ। ५ हजार ६५१ मतका साथ माओवादीका लोकप्रसाद बन्जारा विजयी हुँदा कांग्रेसका रोशन गुरुङले ५ हजार १७६ मत ल्याए। यो गाउँपालिका पनि माओवादीले कांग्रेसबाटै खोसेको हो। 

सदरमुकाम रहेको गोरखा नगरपालिकामा पनि माओवादीकै दबदबा देखियो। अघिल्लो चुनावमा कांग्रेससँग हारेको बदला लिँदै गोरखा नगरपालिकामा पनि माओवादी विजयी भयो। अघिल्लो चुनावमा माओवादीका मेयरका उम्मेदवार कृष्णबहादुर राना कांग्रेसका उम्मेदवार राजनराज पन्तसँग पराजित भएका थिए। 

nimb
nimb

अहिले भने परिस्थिती ठ्याक्कै उल्टो भयो। पुनः मेयरमा पन्त र रानाको भिडन्त भएको थियो। जहाँ रानाले पन्तसँग अघिल्लो हारको बदला लिए। पन्तलाई १ हजार ८५६ मतान्तरले हराउँदै राना विजयी भए। रानाले ८ हजार ९६४ मत ल्याउँदा पन्तले ७ हजार १०८ मत ल्याए।

पालुङटार नगरपालिकामा माओवादी विजयी भएको छ। माओवादीका विवस चिन्तन ६ हजार ७२ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याए। यो नगरपालिका समेत माओवादीले कांग्रेसबाट खोसेको हो। 

शहिद लखन गाउँपालिका यसअघि पनि माओवादीले नै जितेको गाउँपालिका हो। यो पटक पनि माओवादीले १ हजारभन्दा बढी मतान्तरले जितेको छ। 

यसअघि कांग्रेसले जितेको गण्डकी गाउँपालिका पनि माओवादीले आफ्नो पोल्टामा पारेको छ। माओवादीका दीपक तिमिल्सिना ६ हजार ३२६ मत ल्याएर विजयी हुँदा कांग्रेसका होमबहादुर रानाले ४ हजार ६५५ मत ल्याए।

अन्य पालिकाहरुमा आफ्नो दबदबा कायम राखेको माओवादीको आरुघाट गाउँपालिकामा भने उपस्थित कमजोर देखियो। कांग्रेसका उम्मेदवार ५ हजार ५५६ मत ल्याएर विजयी हुँदा तेस्रो भएको माओवादीले जम्मा ९१० मत मात्रै ल्याउन सक्यो। आरुघाट यसअघि पनि कांग्रेसले नै जितेको थियो। त्यसबेला १ हजार ९५२ मत ल्याएको माओवादी  पहिलाको भन्दा झण्डै हजार मत कममा खुम्चिन पुगेको छ।

सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेस उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतसहित विजयी हुँदा नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत पाएका छन्। यसअघि पनि उक्त गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो।

अघिल्लो स्थानीय तहको चुनावमा कांग्रेसले जितेको चुमनुव्री गाउँपालिका अहिलेसम्मको मत गणना अनुसार माओवादी अग्रस्थानमै छ। उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।

जितमा उन्माद नभइ जनताको सेवामा खटिन्छौं : लेखबहादुर कार्की (गोरखा इन्चार्ज–माओवादी केन्द्र)
अहिले गोरखामा हाम्रो पार्टीको जुनखालको विजय भएको छ, पहिलो कुरा त पार्टीको विचार, सिद्धान्त, कार्यदिशा, नीति, योजना सही हुनु नै हो। जसमा हाम्रो पार्टीको अध्यक्ष कमरेड प्रचण्डको आदेश अनुसार हामी पार्टीमा कटिबद्ध भएर अघि बढेका थियौं। त्यसैको प्रतिफल हो।  

दोस्रो कुरा २०७४ को पराजय नै अहिलेको हाम्रो सफलताको आधार हो। त्यतिबेला ठिक ढंगले हामीले विषयलाई नबुझ्दा त्यो परिणाम भोग्नु परेको थियो। त्यसबाट हामीले गम्भीर शिक्षा लिएर अघि बढ्यौं। मुख्यगरी हाम्रो पार्टीको नेता कार्यकर्ता एकताबद्ध हुनु अर्को महत्वपूर्ण पक्ष हो। 

गठबन्धन गर्ने कुरा केन्द्रबाटै भएपछि हाम्रोमा पनि त्यो कुरा स्वभाविक रुपमा उठेको थियो। हामीले कांग्रेसका साथीहरुसँग ६ वटा पालिका मागेका थियौं। मिलेर जाऔं भनेका थियौं। साना पार्टीलाई पनि सँगै लैजाऔं भनेका थियौं। तर कांग्रेसका साथीहरुले त्यसलाई ग्रहण गर्नु भएन।  पाण्डवले कौरबसँग एउटा सानो खुट्टा टेक्ने ठाउँ मागेका थिए। तर कौरबले दिन चाहेनन्। अन्ततः लडाईमा पाण्डवले विजय भएर हस्तिनापुर कब्जा गर्‍यो। अहिले गोरखामा कौरबकै अवस्थामा कांग्रेस पुगेको छ।  यो किसिमको विजय हुनुमा चाहिँ आम जनताको समर्थन अर्को कुरा हो। ठिक ढंगले हामीले सबैलाई गोलबन्द गर्न सफल भयौं। पार्टी युनिफाइड गरायौं। त्यही अनुसारलाई जनतालाई बुझाउने काम गर्‍यौं । हामी जनतमा घुलमिल भएर स्थापित भएपछि हामीलाई जनताले विकल्पको रुपमा हेरेका हुन्।

आम जनसमुदायले माओवादी पार्टीलाई एउटा विकल्पको रुपमा रोजेको छ। विश्वास गरेको छ। हामीले जनताको मनोभावनालाई बुझेर त्यो विश्वासलाई आत्मसात् गरेर हामी अघि बढ्न चाहान्छौं। अब हामी विनम्र भएर काम गर्छौं। जितमा मान्छे बढी हौस्न्छिन्, हारमा निराश हुन्छन्। हामीले कयौं पालिका हारेका पनि छौं। तर हामी हारमा निराश पनि नहौं भन्ने लाग्छ। जति जितेका छौं त्यसमा उन्माद नभई जनताको सेवामा खटिन्छौं। 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्