काठमाडौं– बर्दियाका आठ स्थानीय तहमध्ये सातको नतिजा सार्वजनिक भएको छ। तीमध्ये नेपाली कांग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एक/एक स्थानमा जित हासिल गरेको छ।
नेपाली कांग्रेसले गुलरिया नगरपालिकाको प्रमुख र उपप्रमुख, गेरुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, ठाकुरबाबा नगरपालिकाको प्रमुख, बारबर्दियाको प्रमुख र उपप्रमुख, मधुवनको प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ।
नेकपा एमालेले बासगढी नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ। ठाकुरबाबा नगरपालिकामा उपप्रमुख जितेको छ।
नेकपा माओवादी केन्द्रले राजापुर नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ। नतिजा सार्वजनिक हुन बाँकी बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारको अग्रता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।