तनहुँ- सत्ता गठबन्धनका संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गृहनगर व्यास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार पछि परेका छन्।
एक हजार ९७५ मत गणना हुँदा नेकपा एमाले र कांग्रेसका गोविन्दराज जोशी समूहका साझा उम्मेदवार दीपकराज जोशीले एक हजार २२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ६५३ मत पाएका छन्।
कैची चिह्नमा चुनाव लडेका मेयर उम्मेदवार जोशीसँग उपमेयरमा पनि यही गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमालेकी बशुन्धारा घर्ती अगाडि छन्।
घर्तीले ७ सय ८९ मत पाएकी छन् भने कांग्रेसकी इन्दिरा दरैले ७ सय ६१ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।