काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले गठबन्धन सरकार जति धेरै समय सत्तामा रहन्छ, त्यति बर्बादी मात्रै हुने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको प्रि–बजेट छलफलमा भाग लिँदै उनले गठबन्धन सरकार सिद्धान्त विनाको भएजस्तै बजेटको प्राथमिकता पनि त्यस्तै भएको टिप्पणी गरे।
‘गठबन्धन सरकार गाढालाई अगाडीबाट र पछाडिबाट तान्ने काम गरिरहेको छ,’ उनले भने, ‘यसले न अगाडि जान सक्छ, न पछाडि हट्न सक्छ।’ उनले अहिलेको गठबन्धनमा सिद्धान्त र ज्यान कुनै पनि नरहेको दाबी गरे।
‘विनियोजन विधेयक हेर्दा कतै अर्थमन्त्री सिद्धान्तविहीन भएको देखिन्छ,’ उनले भने, ‘यसमा कुनै प्राथमिकता र सिद्धान्त केही छैन।’ उनले फुकुयामा कि मार्क्सवाद सिद्धान्त भन्नेमा प्रष्ट नभएको भट्टराईको भनाइ छ।
भट्टराईले संविधानमा देश समाजवाद उन्मुख भनिए पनि बजेटमा प्राथमिकता नदिइएको बताए। सार्वजनिक शिक्षा र स्वाथ्यलाई प्राथमिकता दिने कुरा नभएको उनले दाबी गरे। अघिल्लो सरकारले ३९६ स्थास्थ्य चौकी बनाउने कुरा गरेको, तर अहिले यसको नाम नै नलिने गरी बजेटको सिद्धान्त र प्राथमिकता आएको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।