काठमाडौं- भरतपुर महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ। गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाइरहेकी हुन्।
मध्यरात १२ बजेसम्मको मतगणना अपडेट अनुसार २३ हजार ८५ मत गणना हुँदा रेनु ८ हजार ४२ मत सहित अगाडि रहेकी छन्। उनलाई एमाले उम्मेदवार विजय सुवेदीले ७ हजार ३३८ मत प्राप्त गरेका छन्।
सुवेदीमाथि दाहालले ७०४ मतको अग्रता लिइरहेकी छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ७९३ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६९७ र राप्रपाका हिमला गुरुङले ६ हजार ३४ मत प्राप्त गरेका छन्। भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।