काठमाडौं– प्रतिनिधि सभाको बैठकमा एसिड आक्रमणसहित ७ अध्यादेश पेस भएको छ। सरकारले संसद अधिवेशन अन्य भएपछि जारी गरेका ती अध्यादेशहरु अधिवेशनको पहिलो बैठकमा पेस गरेका हुन्।
सरकारले दैनिक काम चलाउन समस्या देखिएपछि अध्यादेश जारी गर्न पाउने संवैधानिक व्यवस्था अनुसार विभिन्न समयमा यी अध्यादेशहरु जारी गरेको थियो। यसरी जारी भएको अध्यादेश संसद्को पहिलो बैठकमा पेस गर्ने र ६० दिनभित्र प्रतिस्थापन विधेयक पेस गर्दै पारित गर्नुपर्ने भएकाले पेस गरेको छ।
मंगलबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो दिन गृहमन्त्री बालकृष्ण खाड, स्वास्थ्यमन्त्री विरोध खतिवडा र भौतिक पूर्वाधार र कानुनमन्त्री गोविन्द शर्माले पेश गरेका हुन्।
नेपाल प्रहरी अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, औषधि अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश,फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधि सभामा पेस भएको हो।
यी अध्यादेशहरु पटकपटक पेस हुने अनि प्रतिस्थापन विधेयक पेस हुन नसक्ने भएर निस्क्रिय हुँदै आएका छन्। यसरी निस्क्रिय भएको अध्यादेश सरकारले फेरी जारी गर्ने गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।