एमाले उपमहासचिव प्रदीप ज्ञवाली (फाइल तस्बिर)
काठमाडौं– गत भदौ २३ गतेदेखि संसद् अवरोध गर्दै आएको प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार बजेट अधिवेशनको पहिलो बैठकमा सर्वोच्च अदालतप्रति 'तिखो' टिप्पणी गरेको छ। अदालतले आफूहरुले दायर गरेको मुद्दाको सुनुवाइ नगरेको एमालेको आरोप छ।
एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आफूहरुले दायर गरेको मुद्दा विभिन्न बाहना बनाएर अदालतले सुनुवाइ नगरेको आरोप लगाए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ नगरेको भन्दै ज्ञवालीले असन्तुष्टि जनाए।
‘हामीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले विभिन्न वाहान गदै, टार्दै लग्यो । सेटिङ पुष्टि हुनेगरि अनेकौं बहाना अदालतले बनायो,’ उनले भने, ‘अदालतले कारबाही नगरेपछि जनताले उचित फैसला गरेका छन्। विभाजनको कारकहरुलाई जनताले उचित रुपमा हेरेका छन्।’
गलत रुपमा ल्याइएको असंवैधानिक राजनीतिक दलसम्बन्धी अध्यादेशसम्बन्धी विवादमा पनि सुनुवाइ नगरेको ज्ञवालीले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।