काठमाडौ– नेकपा एमालेले गत वर्ष भदौ २३ गतेदेखि जारी राखेको संसद् अवरोध फिर्ता लिएको छ। सो पार्टीका उपमहानसचिव प्रदीप ज्ञवालीले मंगलबारको बैठकमा रोस्ट्रमबाट धारणा राख्दै अवरोध फिर्ता लिएको बताए।
आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले उचित ढंगले फैसला गरेको बताए। उनले जनताको त्यही फैसलालाई शीरोधार्य गर्दै अवरोध फिर्ता लिएको बताए। ज्ञवालीले आफ्नो धारणाहरु यथावत् रहेको बताए।
'मुलुक एउटा कोर्समा गइसकेको हुनाले हामीले आजदेखि यो अवरोधलाई, हाम्रो विरोधलाई प्रस्तुत गर्ने निर्णय गरेका छौँ', उनले भने
एमालेले गत भदौ २३ देखि तथा गत मंसिर ३० देखि सुरु भएको दुवै अधिवेशनलाई अवरोध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।