काठमाडौं– नेकपा एमालेले संसद् अवरोध नगर्ने भएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक कोर्ष नयाँ हिसाबले अघि बढिसकेको भन्दै संसद्को अवरोधलाई अब निरन्तरता नदिने बताएका हुन्।
उनले आफूहरुको असहमतिका विषयलाई भने निरन्तर रुपमा राखिरहने बताए। अहिलेको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको भन्दै उनले त्यसलाई पनि ध्यानमा राखेर आफूहरुले संसद्को अवरोध हटाउने निष्कर्षमा पुगेको बताए।
‘मुलुक एउटा कोर्षमा गइसकेको हुनाले अवरोध र विरोधलाई फरक हिसाबले प्रस्तुत गर्ने निर्णय गरेका छौं,’ उनले संसद्मा बोल्दै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।