सुनुवाइ समितिको बैठक (फाइल तस्बिर)
काठमाडौं– प्रस्तावित २ जना राजदूतलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। मंगलबार बसेको समितिको बैठकले प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो।
चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दान बहादुर तामाङको अनुमोदन भएको हो।
मन्त्रिपरिषद्को गत चैत २४ गते बसेको बैठकले श्रेष्ठ र तामाङसहित २० जना राजदूतको सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।