काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा जारी अवरोध खुलाउने तयारी गरेको छ। एक नेताका अनुसार संसदीय दलको बैठकबाट उक्त निर्णय गर्न लागिएको हो।
‘अहिले केहीबेरमा दलको बैठक बस्दै छ। उक्त बैठकमा नेताहरुलाई संसद् अवरोध गर्न नहुने भन्ने सुझाव दिन्छौं,’ ती नेताले भने, ‘मुलुक निर्वाचनको नयाँ कोर्षमा गइसकेकाले अब अवरोध गर्नु आवश्यक नहुने भन्नेमा पुगेका छौं।’
यद्यपि, यस बारेमा संसदीय दलको बैठकले आवश्यक निर्णय लिने बताइएको छ।
नेकपा एमालेले गत भदौ २३ गतेदेखि निरन्तर रुपमा संसद्मा अवरोध गर्दै आइरहेको छ। संसद्का दुवै सदनको बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ।
त्यसअघि अहिले साढे २ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।