काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले स्थानीय तहको निर्वाचन नतिजा आइरहँदा आफूहरु उत्साही नै रहेको दाबी गरेका छन्। पत्रकारसँग कुरा गर्दै उनले एमालेविरुद्ध सत्ता पक्षहरु मिलेर एक्ल्याउने प्रयास गरेपछि आएको परिणामले निरास हुनुपर्ने अवस्था नदेखिएको बताए।
‘जनताले गरेको निर्णयमा गठबन्धन अस्वीकार गरेको पाइयो। अहिले नै हामी कुनै निष्कर्षमा पुगेका छैनौं। छलफलमै छौं,’ उनले भने, ‘जनता हाम्रो साथमा छन् त्यसैले हामी दृढतापूर्वक उभिन्छौं भनेका थियौं र अहिले उभिएका छौं।’
लोकतान्त्रिक प्रक्रियाबाट आएको परिणामले आफूहरु उत्साही नै रहेको उनले बताए। ‘अहिले जे परिणाम आएको छ हामी उत्साही छौं,’ उनले भने, ‘नेकपा एमाले प्रमुख प्रतिपक्ष हो संसदीय प्राणालीमा महत्त्वपूर्ण रुपमा लिइन्छ, तर सत्ता पक्षले एक्ल्याउने काम गर्नुभएको छ त्यो आश्चर्यको कुरा हो। ’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।