काठमाडौं– नेकपा एमालेले मंगलबार मदन भण्डारी र जीवराज आश्रितको २९औं स्मृति दिवस मनाउँदैछ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।
हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ।
दिवसका अवसरमा बिहान ८ बजे अध्यक्ष केपी शर्मा ओली तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा हुने श्रद्धाञ्जली सभामा सहभागी हुँदैछन्।
रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ।
जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा भने बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना रहस्यकै गर्भमै छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।