काठमाडौं–विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन, २०७९ मा अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा दुःख व्यक्त गरेको छ। पार्टी प्रवक्ता शरदराज पाठकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी रहे पनि आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेकोमा दुःख व्यक्त गरिएको छ।
गत पाँच वर्षमा स्थानीय, सङ्घीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेको देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भए पनि जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी सङ्गठन बनाउन नसक्दा निर्वाचनमा सोचेअनुसार नतिजा आउन नसकेको विज्ञप्तिमा जनाइएको छ।
पार्टीमा टुटफुटलगायत वैचारिक ध्रुव्रीकरण भएको र आशा गरिएको पार्टीभित्र उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखिएको विवेकशीलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।