काठमाडौं– निर्वाचन आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गराउन आयोग नचुकेको बताएका छन्।
नियमित पत्रकारका सम्मेलनमा एमालेले लगाएको आरोपबारे पत्रकारले राखेको जिज्ञासामा उनले यस्तो जवाफ दिएका हुन्।
‘छिटफुट घटनाबाहेक निर्वाचन समग्र रुपमा शान्तिपूर्ण सम्पन्न भएको हो,’ उनले भने, ‘आयोगको दृष्टिकोणमा सबै दल बराबर हुन्छ कोही काखापाखा हुँदैन, हामीले भयरहीत र निष्पक्ष रुपमा नै निर्वाचन गर्छौं।’
निर्वाचनदेखि मतगणनालगायतका विषयमा आयोग कतै पनि नचुकेको उनले बताए।
गणनामा ढिलाइ भएको विषय यर्थाथ भएको भन्दै उनले मतदाता र मतपत्र सानो भएको ठाउँमा परिणाम छिटो आइरहेको र ठूलो मतपत्र र मतदाता धेरै भएका ठाउँमा समय लागिरहेको बताए।
‘आयोग कसरी छिटो छरितो गणना गर्ने विषयमा चिन्तित छ। केही निकाश निस्केला,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।