काठमाडौं– स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारको विजयोत्सवमा निस्केको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेपछि गाडीमा सवार भएर उत्सव मनाइएको थियो।
सो क्रममा छतका बसेका व्यक्तिले विद्युत्को तार छुँदा करेन्ट लागेको हो। शान्तिबजार नजिकै करेन्ट लागेर २ जनाको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।