काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कामय राखेका छन्।
निरन्तर अग्रता लिइरहेका उनको अग्रता कायमै छ। पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ६०१ मत पाएका छन्।
उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले एक हजार ४१५ मत पाएका छन्। गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले एक हजार ३५९ मत पाएकी छन्।
उपमेयरतर्फ भने एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता लिएकी छन्। उनले २ हजार मत ल्याउँदा गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।