धनगढी– बझाङको बुङ्गल नगरपालिकाका ५ वडाको मतपरिणाम घोषणा भएको छ। जसमध्ये दुई वटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।
वडा नम्बर ५ स्वतन्त्र उम्मेदवार निराजन कुँवर (दीपक) ६०३ मत ल्याउँदै निर्वाचित भए।
एमालेका प्रयागराज धामीले २७० र गठबन्धनका नन्दु धामीले ३३ मत पाए।
वडा नम्बर ६ मा पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। यहाँ स्वतन्त्र उम्मेदवार राम देवार ६२९ मत ल्याउँदै निर्वाचित भए।
वडा नम्बर ४ मा गणेश कार्की ५९४ विजयी भएका छन्। उनी गठबन्धनका उम्मेदवार हुन्।
वडा नम्बर ७ मा एमालेका केशवराज जोशी निर्वाचित भए। उनले ३४२ मत ल्याए।
वडा नम्बर ३ मा एमालेका बहादुर बोहरा २८३ मत ल्याएर निर्वाचित भए।
अहिले वडा नम्बर ८ को मतगणना चलिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।