काठमाडौं– काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ मा एमाले र २ मा कांग्रेस विजयी भएका छन्।
वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले पराजित गर्दै एमालेका शिवप्रसाद ढकाल विजयी भएका छन्।
वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिमले जित हात पारेको छ।
मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइबा अगाडि छन्। उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन्।
उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले अग्रता लिएका छन्।
मेयरमा एकीकृत समाजवादीका वाइबाले १२९४ मत पाएका छन् भने एमालेका सापकोटाले ८५६ मत ल्याएका छन्।
उपमेयरमा नेपालले १२१५ र एमालेकी सरिता उम्मेदवारले ८६८ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।