कैलाली– कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
पछिल्लो मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीले ६४९ मतसहित अग्रता लिइरहेको छ।
यस्तै, राप्रपा दोस्रोमा रहेको छ। राप्रपाले ६२४ मत पाएको छ। कांग्रेसका उम्मेदवारले ४२४ र एमालेका उम्मेदवारले १७१ मत पाएका छन्।
उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता छ। उसका उम्मेदवारले ६६७ मत ल्याएका छन्। उपप्रमुखतर्फ अग्रता छ। कांग्रेसले ४८४, राप्रपाले २९० र माओवादीले २३२ ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।