काठमाडौं– बझाङको साइपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेले जित हासिल गरेको छ। गाउँपालिका अध्यक्षका एमालेका उम्मेदवार रहेका मानबहादुर बोहोरा निर्वाचित भएका हुन्।
अध्यक्ष उम्मेदवार बोहोराले ६७५ मत ल्याउँदै निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै डोल्मा तामाङले जित हासिल गरेकी छिन्। उनले ६७५ मत प्राप्त गरेकी छिन्।
अध्यक्ष पदमा एमालेका उम्मेदवारका निकटतम प्रतिस्पर्धीका रुपमा रहेका नेपाली कांग्रेसका उज्ज्वल बोहोराले ६१३ मत ल्याएका छन्। त्यस्तै, उपाध्यक्ष पदका लागि एमालेसँग प्रतिस्पर्धा गरेका कांग्रेसका बाटु बोहोराले ६१९ मत ल्याएका छन्।
सोही गाउँपालिकाको वडा १ मा एमालेका नरेन्द्र धामीले १५५ मत ल्याउँदै निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।