काठमाडौं– सबैभन्दा चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ।
बिहान ८:४० को विवरण अनुसार ५११५ मत गनेर सकिएको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायमै राखेका छन्। उनले १८६६ मत प्राप्त गरेका छन्।
दोस्रोमा रहेका एमालेमा केशव स्थापितले १०९६ मत ल्याएका छन्। गठबन्धनकी सिर्जना सिंहले ९२२ मत पाएकी छन्। राप्रपाका मदनदास श्रेष्ठले २१४ मत पाएका छन्।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन्। उनले २००० मत ल्याउँदा गठबन्धनका रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन्।
काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ को मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।