काठमाडौं– हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
कांग्रेस–माओवादी गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका कर्णबहादुर रावल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
उनले १८१० मत प्राप्त गर्दा एमालेका प्रकाश शाहीले ११९५ मत ल्याएर दोस्रो भए।
रावल दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह विजयी भएका छन्। उनले १८७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह एडिले ८५० मत प्राप्त गरेका छन्।
वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही, २ मा कांग्रेसै चन्द्र रावल, ३ मा माओवादीका च्यागा बोहरा, ४ मा रंगमती शाही र ५ मा भरतजंग शाही वडाध्यक्ष निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।