काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा दमकको वडा नम्बर १ मा एमाले प्यानलको प्यानल नै विजयी भएको छ।
एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका हरि नेउपानेले जित हासिल गरेका हुन्। उनले गठबन्धनका उम्मेदवार तारा अधिकारीलाई हराए।
नेउपानेले १ हजार २ सय ८८ मत ल्याउँदै विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धि तारा अधिकारीले भने १ हजार २ सय ६३ मत ल्याएका थिए।
सो वडामा एमाले प्लानलबाट महिला सदस्यमा तारा खपतरीले ३ सय १६, दलित महिला सदस्यमा नविना मोहराले ३ सय ९, खुल्ला सदस्यमा रघुविर बुढाथोकीले १ हजार २ सय ६६ र राजकर्ण राईले १ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।