काठमाडौं- सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एमालेले जित निकालेको छ। त्यस पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको हो।
अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पाले जितेका हुन्। उनले २०२८ मत पाए। उनका प्रतिस्पर्धी कांग्रेसका चुङब शेर्पाले १६०९ मत पाए।
उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पाले २०२३ मतका साथ जिते निकालेका हुन्। प्रतिस्पर्धी निर्मला थापा कार्की मगरले १६२८ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।