काठमाडौं– पोखरा महानगरपालिकामा गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन्।
गठबन्धनकातर्फबाट उम्मेदवार रहेका धनराज आचार्यले अग्रता लिएका छन्। उनले हाल ६१३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्ण थापाले अहिले ५ सय ८३ प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकै मञ्जु गुरुङले अग्रता लिएकी छिन्। उनले ८८३ मत प्राप्त गरेकी छिन्। यता कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।