काठमाडौं– रामेछपको गोकुलगंगा गाउँपालिकाको वडा नम्बर २ ठोसेमा नेपाली कांग्रेसले वडाअध्यक्षसहित प्यानल नै जितेको छ। वडाध्यक्ष पदमा कांग्रेसका सुन्दर कार्कीसहित कांग्रेसको प्यानलले नै उक्त वडामा जित हासिल गरेको हो।
यसपटकको स्थानीय तह निर्वाचनबाट वडाध्यक्ष चुनिएका कांग्रेसका कार्की सोही वडामा अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेसँग पराजित भएका थिए।
निर्वाचन आयोगकाअनुसार कार्कीले ८ सय ७० मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धिका रुपमा रहेका एमालेका गजेन्द्र श्रेष्ठले भने ४ सय ८८ मत ल्याए।
गोगुलगंगा गाउँपालिकाकै वडा नम्बर १ मा पनि वडाध्यक्षमा रुपमा कांग्रेसकै जित भएको छ। वडा नम्बर १ मा कांग्रेसका छत्रबहादुर बस्नेतले ७१५ मत ल्याउँदै ६११ मत ल्याएका एमालेका मिनबहादुर कार्कीलाई हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।