काठमाडौं– बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
प्राप्त मतपरिणाम अनुसार कांग्रेसका भक्तबहादुर बुढा ४९१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। अन्य सदस्य पनि उनकै प्यानलका निर्वाचित भएका छन्।
बुढाका निकटम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।