काठमाडौं– जाजरकोटको छेडागाड नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्।
कांग्रेसका रामबहादुर बुढा ४६८ मतसहित विजयी भए। एकीकृत समाजवादीका गणेश प्रसाद जैसी ४१६ मत ल्याएर दोस्रोमा रहे भने एमालेका भवानीराम जैसी २४१ मतमा समेटिए।
प्राप्त मतपरिणाम अनुसार मेयर/उपमेयरमा गठबन्धनकै अग्रता छ। मेयरमा नेपाली कांग्रेसका रत्न खड्काले ७८७ र उपमेयरमा माओवादी केन्द्रका चन्द्रबहादुर थापाले ७१३ मत पाएका छन्।
मेयरमा एमालेका लालबहादुर महताराले ३३६ र उपमेयरमा अन्जु कुमारी थापा ३१८ मत ल्याएकी छन्।
यो नगरमा कांग्रेस–माओवादीको गठबन्धन छ भने अन्य दल एक्लाएक्लै सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।