काठमाडौं- भिनिसियस जुनियरको ह्याट्रिक गोल प्रेरित रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सानदार जित निकालेको छ।
घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा रियलले लेभान्टेमाथि ६–० को सानदार जित निकालेको हो।
रियलको जितमा फर्लान्ड मेन्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले पनि समान एक गोल थपे।
भिनिसियसले ४५,६८ र ८३औं मिनेटमा गोल गरेका थिए। यता, मेन्डीले १३, बेन्जामाले १९ र रोड्रिगोले ३४ औं मिनेटमा गोल गरे।
जितसँगै च्याम्पियन बनिसकेको रियलको ४६ खेलबाट ८४ अंक पुगेको छ। पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।