• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

७५२ स्थानीय तहका करिब ३५ हजार जनप्रतिनिधि छान्न आज निर्वाचन

झन्डै डेढ लाख उम्मेदवार र एक करोड ७७ लाख मतदाताले भाग लिंदै, समग्र खर्च ४५ अर्ब रुपैयाँ
64x64
बीपी अनमोल शुक्रबार, वैशाख ३०, २०७९  ०६:०७
1140x725

काठमाडौं– आज देशैभरका एक वटाबाहेक ७५२ स्थानीय तहका लागि निर्वाचन हुँदैछ। यो निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भाग लिँदैछन्।

निर्वाचनमा हिजो वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएकाले आफ्ना जनप्रतिनिधि छान्न पाउने छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला मतदाता छन्। अन्य मतदाताको संख्या १८३ छ। 

निर्वाचन स्थगित भएकासमेत देशभरका ७५३ वटा स्थानीय तहमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य गरेर ३५ हजार २२१ जनप्रतिनिधी निर्वाचित हुनुपर्ने छ। यी पदका लागि देशभर एकलाख ४५ हजार ११ उम्मेदवार छन्। ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार चुनावी मैदानमा होमिएको निर्वाचन आयोगले जनाएको छ।

देशभरका महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखका लागि २९३ जना निर्वाचित हुनेछन्। त्यस्तै ४६० गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन्। उपप्रमुख र उपाध्यक्ष सोही संख्यामा निर्वाचित हुने छन्। सबै स्थानीय तहमा गरी ६ हजार ७४३ जना वडाध्यक्ष निर्वाचित हुनेछन्। त्यस्तै, खुल्ला वडा सदस्य १३ हजार ४८६, महिला सदस्य र दलित महिला सदस्य प्रत्येकमा ६ हजार ७४३ जनप्रतिनिधि निर्वाचित हुनेछन्। ७५३ स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। 

आयोगका अनुसार ३९० जना जनप्रतिनिधी निर्विरोध निर्वाचित भइसकेका छन्। निर्विरोध हुनेमा गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षदेखि सदस्यसम्म छन्। 
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका थिए। आयोगले निर्वाचनमा भाग लिन गरेको आह्वानमा राष्ट्रिय दलसहित आयोगमा चुनावमा सहभागी हुनका लागि दर्ता भएका थिए। तर, तीमध्ये ६५ दलले मात्रै निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। १४ वटा दलले एक जना पनि उम्मेदवार खडा गरेनन्।

१० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र 
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ७५३ वटै स्थानीय तहमा १० हजार ७५६ मतदान स्थल तोकिएका छन्। त्यस अन्तर्गत २१ हजार ९५५ वटा मतदान केन्द्र छन्। प्रदेश १ मा एकहजार ८७७ र चारहजार ५१ वटा मतदान केन्द्र, मधेस प्रदेशमा दुई हजार १६३ मतदान स्थल र चार हजार १८९ मतदान केन्द्र, बागमती प्रदेशमा एक हजार ७९२ मतदान स्थल र चार हजार ९५ मतदान केन्द्र छन्। त्यस्तै गण्डकीमा एक हजार २५३ मतदान स्थल र दुई हजार ३०० मतदान केन्द्र, लुम्बिनीमा एक हजार ६२९ मतदान स्थल र तीन हजार ८३२ मतदान केन्द्र, कर्णालीमा ९०७ मतदान स्थल र एक हजार ३८५ मतदान केन्द्र तथा सुदूरपश्चिममा एक हजार १३५ मतदान स्थल र दुई हजार १०३ मतदान केन्द्र छन्।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा महानगरपालिका छन्। प्रदेश १ मा एउटा महानगरपालिका र दुई वटा उपमहानगरपालिका छन्। त्यस्तै ४६ नगरपालिका, ८८ गाउँपालिका छन्। यहाँ कुल मतदाता ३३ लाख ४७ हजार ३८४ मतदाता छन्। 

मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्। यहाँ कुल मतदाता ३३ लाख ३१ हजार १७० छन्।बागमती प्रदेशमा सबैभन्दा धेरै तीन वटा महानगरपालिका छन्। एउटा उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका छन्। यहाँ ३४ लाख १२ हजार ८६९ मतदाता छन्। गण्डकीमा एउटा महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन्। यहाँ १७ लाख ८९ हजार ४११ मतदाता छन्।

Ncell 2
Ncell 2
nimb
nimb

लुम्बिनीमा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिका छन्। यहाँ ३२ लाख १९ हजार ४५७ मतदाता छन्। कर्णाली प्रदेशमा २५ वटा नगरपालिका र ५४ गाउँपालिका छन्। यहाँ कुल १० लाख एक हजार २८२ मतदाता छन्। सुदूरपश्चिममा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिका छन्। यहाँ १६ लाख ३२ हजार १५० मतदाता छन्।

स्थानीय तहको निर्वाचनमा देशभर कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र पर्यवेक्षक गरेर झण्डै चार लाख जना खटिएका छन्। निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा देशभर एक लाख नौ हजार ८८ जना कर्मचारी खटिने छन्। त्यस्तै स्वयंसेवक ६५ हजार ८६५ जना छन्। निर्वाचनको पर्यवेक्षणका लागि पाँच हजार खटिएका छन्। निर्वाचनमा एक लाख म्यादी प्रहरीसहित झन्डै दुईलाख १० हजार सुरक्षाकर्मी परिचालन भएका छन्।

शुक्रबार कपिलवस्तुको महाराजगंज नगरपालिकामा भने मतदान नहुने भएको छ। उपप्रमुखका उम्मेदवारको मृत्यु भएपछि जेठ ३ गते निर्वाचन हुने नयाँ कार्यतालिका आयोगले जारी गरेको छ।

आयोगले ८ अर्ब १४ करोड खर्च गर्दै, कुल ४५ अर्ब खर्च हुने अनुमान
स्थानीय तहको निर्वाचन सम्पन्न गर्न झण्डै ४५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। निर्वाचन आयोगलाई मात्र सरकारले ८ अर्ब १४ करोड रुपैयाँ दिएको छ। सुरक्षा निकाय र म्यादी प्रहरीको खर्चसमेत सबै बजेट जोड्दा करिब ४५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। ‘हामीलाई प्राप्त भएको रकम ८ अर्ब १४ करोड हो। अन्य खर्चको विवरण हामीसँग हुँदैन,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने। आयोगले मतदाता शिक्षा, मतपत्रको छपाइ, ढुवानी, निर्वाचन पर्यवेक्षण र मतदानमा खटिने कर्मचारीहरूको तलब र भत्तामा खर्च गर्छ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको खर्चको सीमा निर्धारण गरेको छ। जसअनुसार महानगरपालिका प्रमुख र उपप्रमुखले ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। त्यस्तै वडाध्यक्ष र वडासदस्यले तीनलाख खर्च गर्न पाउने छन्।

उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले ५ लाख ५० हजार र वडाध्यक्ष र वडासदस्यले २ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन्। नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार, वडाध्यक्ष र वडासदस्यले २ लाख रुपैयाँ खर्च गर्न पाउने छन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार, वडाध्यक्ष र वडासदस्यका उम्मेदवारले एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ। आयोगले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखले ५० हजार र सदस्यले २५ हजार रुपैयाँ खर्च गर्न पाउनेसीमा तोकेको छ। 

यी सबै उम्मेदवारले सीमामा रहँदा पनि सबैबाट गरी कुल २९ अर्ब ५० करोडभन्दा बढी खर्च गर्छन्। सरकारले निर्वाचन आयोगलाई दिएको बाहेक थप ८ अर्ब रुपैयाँ सुरक्षा तथा अन्य प्रयोजनमा खर्च गर्छ। यसरी सरकारी निकाय तथा उम्मेदवारको तर्फबाट गरी करिब ४५ अर्ब खर्च हुने अनुमान छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ५८ शव फेला, ५८ शव हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
सिंह दरबारमा सर्वदलीय बैठक सुरु, दोस्रो तहका नेताहरु सहभागी मंगलबार, भदौ १६, २०८३
प्रहरीको गतिविधि खिच्न पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ मंगलबार, भदौ १६, २०८३
संशोधित शव व्यवस्थापन निर्देशिका : निजी सञ्चारमाध्यमलाई सूचना ‘निषेध’ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्