• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नीति तथा कार्यक्रम जेठ ७ मा : अप्ठ्यारोमा राष्ट्रपति र एमाले

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २९, २०७९  १९:३१
1140x725
फाइल तस्बिर

काठमाडौं-  राष्ट्रपतिले संघीय संसद्को वर्षे अधिवेशन यही जेठ ३ गतेका लागि आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को जेठ २५ को सिफारिस अनुसार राष्ट्रपतिले जेठ ३ गते अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। यो अधिवेशन मूलतः नीति तथा कार्यक्रम र बजेट प्रस्तुतमा केन्द्रित हुनेछ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को बैठकमा राष्ट्रपतिले पेश गर्ने व्यवस्था छ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्‌मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ। सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनको भनाइ छ। 

एमालेले विगतका दुई वटा संसद् अधिवेशनभर गरेको विरोधका कारण नीति तथा कार्यक्रम पेश गर्ने दिन संसद् भवनको दृश्य कस्तो होला भन्ने अन्याेल छ। किनकि, नेकपा एमालेले गत भदौ-कात्तिक र मंसिर-चैतमा प्रतिनिधि सभामा सक्रिय अवरोध गरेको थियो। राष्ट्रिय सभामा भने विरोधमात्रै जनाएको थियो। आगामी अधिवेशनको सन्दर्भमा एमालेको रणनीतिबारे नयाँ धारणा सार्वजनिक भएको छैन।

संसद्‌मा आफूहरुले चलाएको अभियान जारी नै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईको भनाइ छ। 'नवौँ अधिवेशनदेखि एमालेमाथि भएको विभेदका विरुद्ध हामी आन्दोलनमा छौँ। संसद्‌मा हामीले चलाएको जुन अभियान छ। त्यो पूर्ववत् रुपमा जारी नै रहन्छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'बदलिएको परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गर्न हाम्रो पार्टीको संसदीय दलको बैठक बस्छ। र त्यसले निर्णय लिन्छ।'

एमालेले अघिल्ला अधिवेशनमा उठाएका मागहरु अहिलेसम्म पूरा भएका छैनन्। उसले आफ्नो पार्टी विभाजनमा सहयोगी भएको भन्दै अग्निप्रसाद सापकोटालाई सभामुखबाट बहिर्गमन चाहेको छ। तर, त्यसको सम्भावना देखिँदैन। अर्कोतिर, पार्टी विभाजनपछि सर्वोच्च अदालतमा एमालेले दायर गरेको रिटको निष्कर्ष ननिस्किएकाले पनि एमालेलाई 'सामान्य स्थिति'मा फर्किन कठिन छ।

अर्कोतिर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक प्रतिनिधि सभा विघटन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारी सहयोगी देखिएकी थिइन्। जसलाई दुवै पटक सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो। पछिल्लो असंवैधानिक विघटनपछि त प्रधानमन्त्री केपी शर्मा ओलीले नै सत्ता गुमाउनु परेको थियो। त्यतिबेला प्रधानमन्त्री ओलीको मात्रै आलोचना भएको थिएन, राष्ट्रपति भण्डारीको पनि उत्तिकै आलोचना भएको थियो।

आफैं विवादमा तानिनेगरी ओलीलाई साथ दिने गरेकी राष्ट्रपति भण्डारीले संसद्‌मा नीति तथा कार्यक्रम पेश गर्ने सन्दर्भमा पनि एमालेमैत्री कदम चाल्छिन् कि भन्ने चर्चा चल्ने गरेको छ। एमालेले अवरोध जारी राख्ने नीति लिने र राष्ट्रपतिले त्यसैलाई देखाएर नीति तथा कार्यक्रम वाचन गर्न इंकार गरिन् भने के होला? भन्ने चासो पनि बढेको छ।

संघीय संसद्‌मा राष्ट्रपतिले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले अन्य परिकल्पना गरिएको छैन। त्यसैले भण्डारी नै त्यसका लागि तयार हुने अपेक्षा गरिएको छ। तर, यसअघि आफूलाई विवादित बनाउन तयार भएर पनि ओलीलाई साथ दिएका कारण उनले अन्यथा नगर्लिन् भनेर ढुक्क हुने स्थिति पनि छैन।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेले अवरोधकै नीति लियो भने के होला? आफू संसद् भवनमा पुग्नुअघि नै एमालेले अवरोध गर्ला भनेर भविष्यमुखी कारण देखाएर राष्ट्रपतिले निर्णय लिन कठिन छ। अर्कोतिर, अवरोधकै बीच राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु जोखिमपूर्ण हुन्छ।

राष्ट्रपतिका सूचना सञ्चार विज्ञ टीका ढकाल राष्ट्रपतिले कुनै कारण देखाएर नीति तथा कार्यक्रम पढ्न नजाने भन्ने कुरा बकवास मात्रै भएको बताए। त्यस्तो हल्लाको पछाडि लागेर सम्भव नहुने उनको भनाइ छ। ‍'राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्ने भनेर संविधानमै लेखिएको छ। खालि फलानो दिन पढ्ने भनेर क्याबिनेटले पठाउनुपर्छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने। 

एमालेलाई पनि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा अवरोध गरिराख्न अप्ठ्यारो छ। राष्ट्रपतिको सम्मानको दृष्टिले पनि अवरोध उचित हुनेछैन। त्यस्तै, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठक बहिस्कार गर्नु पनि अमर्यादित हुनेछ। किनकि, एमालेको विरोध सभामुख सापकोटाप्रति हो, राष्ट्रपति भण्डारीप्रति होइन। एमालेले राष्ट्रपति भण्डारीको अतिरिक्त मर्यादा राख्नुपर्ने कारण किन पनि छ भने, यसअघि अन्य दलले राष्ट्रपतिको आलोचना गरेका बेलामा एमाले अध्यक्ष ओलीले निकै बचाउ गर्ने गरेका थिए। उनले राष्ट्रपतिको मर्यादाका लागि धेरै शब्द खर्चेका छन्। अर्कोतिर, एमालेबाटै भण्डारी राष्ट्रपति भएका कारण पनि उनलाई सहयोग पुर्याबउनु उसको दायित्व हुनेछ।

कुनै बहाना देखाएर अहिलेसम्म गर्दै आएको अवरोध फिर्ता लिनु पनि एमालेको निम्ति हार स्वीकार गरेको स्थिति बन्छ। त्यसक्रममा यसअघि दुई-दुई वटा अधिवेशन अवरोध गर्नुको औचित्यमाथि पनि प्रश्न उठ्छ।

एमालेका एक नेताका अनुसार, त्यस दिनका लागि विरोधलाई स्थगन गर्ने उपाय अपनाउने हुनसक्छ। आफूहरुको विरोध यथावत रहेको तर राष्ट्रपतिको आगमन हुने दिन उनको सम्मानका लागि विरोधका कार्यक्रम स्थगित गरिएको वक्तव्य दिएर संसद् बैठकमा सहभागी हुनसक्ने उनले बताए। 

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन के गर्ने भनेर आफूहरुले छलफल गर्न नपाएको प्रमुख सचेतक भट्टराईको भनाइ छ। 'हामी निर्वाचनमा होमिएका छौँ। त्यसैले अरु विषयमा छलफल गर्ने अवसर पाएका छैनौँ। चुनावपछि हामी छलफल गर्छौँ', उनले भने।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्