काठमाडौं- कतार विश्वकप अघि खेल्नुअघि तय भएको ब्राजिल र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल स्थगित भएको छ।
ब्राजिल र अर्जेन्टिनाबीचको खेल जुन ११ मा अस्ट्रेलियाको मेलबर्नमा हुने बताइएको थियो। तर, अर्जेन्टिनाले भ्रमण अस्वीकार गरेपछि खेल स्थगित गरिएको हो।
खेलका लागि भिक्टोरिया सरकारले खेलको टिकट बिक्री गर्न सुरु गरिसकेको थियो।
ब्राजिल फुटबल फेडेरसनले खेल स्थगित भएको पुष्टि गरेको हो। अर्जेन्टिना एफएले भने केही सूचना जारी गरेको छैन।
यसअघि दुवै टोली पछिल्लो पटक विश्वकप छनोटअन्तर्गत भिडेका थिए। सेप्टेम्बरमा साओ पाउलोमा भएको खेल पूरा समय भने चलेन।
खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर ४ अर्जेन्टिनी खेलाडीलाई क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए।
यद्यपि, अर्जेन्टिनी खेलअधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो। हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन। यद्यपि, सो खेल पुनः नभए पनि दुवै टिम कतारमा हुने विश्वकप २०२२ मा छनोट भइसकेका छन्।
पाँच वर्षपछि हुन लागेको दक्षिण अमेरिकी फुटबल टिमको मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।