काठमाडौं–श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले एक साताभित्रै नयाँ मन्त्रिपरिषद् नियुक्त गर्ने बताएका छन्।
श्रीलंकामा भएको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नयाँ मन्त्रिपरिषदमा आफ्ना दाइ महिन्दा राजापाक्षेको साटाे अरु कसैलाई स्थान दिइने बताएकाे बीबीसीले जनाएकाे छ।
उनले सरकारसमर्थक र सरकारविरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको पनि भर्त्सना गरेका छन्। केही दिनदेखि जारी यस्ता झडपमा ३ सयभन्दा बढी घाइते भएका छन्। हिंसात्मक प्रदर्शनपछि कर्फ्यु लगाइएको छ भने सुरक्षाबललाई बल प्रयोग गर्न र गोली चलाउने अनुमति दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।