काठमाडौं- युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले जनाएको छ।
बुधबार संयुक्त राष्ट्रसंघले थप चेतावनी दिँदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ।
"आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको," संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।