काठमाडौं–यामाहाको लोकप्रिय स्कुटर रे जेडआर-१२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपमा आयोजित ‘महा एक्सचेञ्ज मेला’ को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो। कम्पनीले वैशाख १५–२१ सम्म मेला आयोजना गरेको थियो।
यामाहाको रे जेडआर-१२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रे जेड आर–१२५ अब स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले जनाएको छ।
‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार रे जेडआरले प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्छ। जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपियाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीको दाबी छ।
स्मार्ट ‘कनेक्ट–एक्स’ फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोगकर्ता चालकले गुगल प्ले स्टोर र एप्पलको फोन प्रयोग गर्ने चालकले एप्पलको एप स्टोरमार्फत् यामाहाको ‘कनेक्ट–एक्स’ एप डाउण्लोड गरी उक्त एपमार्फत् आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन्। कम्पनीका अनुसार यो एप एक्टिभेट गरेपछि चालकहरूले विभिन्न पाँच सुविधा प्राप्त गर्न सक्नेछन्।
जसमा ‘लोकेट माइ भेहिकल’ मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् भने ‘हजार्ड’ फिचरमार्फत् आकस्मिक अवस्थाका बेला स्कुटरका चारै वटा इन्डिकेटर बाली अन्य चालकलाई सूचित गर्न सक्नेछन्।
यस्तै, ‘राइडिङ हिस्ट्री’ मार्फत् स्कुटरसँग गरिएका प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् भने ‘पार्किङ रेकर्ड’ मार्फत् स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन्। स्कुटर लोकेट गर्न नसकिएको अवस्थामा ‘एन्सर ब्याक’ फिचर सेलेक्ट गर्दा स्कुटरको ‘इन्डिकेटर’ र ‘हर्न’ क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै लोकेट गर्न सकिनेछ।
गत वर्ष यसले इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको थियो। ‘काठमाडौँ रेजियर्स’ फुटबल क्लबको टाइटल स्पोन्सरसमेत रहेको उक्त स्कुटर ‘कनेक्ट–एक्स’ फिचरपश्चात् पनि पहिलेकै मूल्यमा उपलब्ध रहेको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।