काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
नयाँ निर्वाचन तालिकाअनुसार बुधबार बिहान दश बजेदेखि दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।
चौधरी एमालेको तर्फबाट उम्मेदवार थिए। त्यसकारण एमालेका लागि मात्र मनोननयको समय तोकिएको छ। अन्य उम्मेदवार यसअघिकै कामय हुनेछन्।
बिहीबार बेलुका पाँच बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। त्यहाँ जेठ ३ गतेका लागि मतदानको समय तोकिएको छ।
वडा नम्बर १७ मा वैशाख ३१ गतेदेखि मौन अवधि सुरू हुने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए। अन्य क्षेत्रमा भने मंगलबार रातिदेखि नै मौन अवधि सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।